Friday, October 31, 2014

समिक्षक समाजको विशेष कार्यक्रमको निमन्त्रणा




-----------------
प्रिय मित्रहरू ,
समिक्षक समाजले हाल होङकोङ भ्रमणमा रहेका चर्चित चलचित्र समिक्षक दीपेन्द्र लामासँग देहाय बमोजिम विमर्श कार्यक्रम गर्न लागिरहेकोले यहाँहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ ।


प्रमुख वक्ता : नेपालका चर्चित चलचित्र समिक्षक दीपेन्द्र लामा
शीर्षक : "नेपाली सिनेमाको फेरिँदो मुहार"

विमर्शका विषय वस्तु:
----
* हिंजो कस्ता सिनेमा बन्थे? कस्ता कथा र पात्र हुन्थे? अहिले कस्ता चलचित्र बनिरहेका छन्?
* के अहिलेको चलचित्रमा पात्र र विषय वस्तु पनि फेरिएका हुन ?
* के नेपाली सिनेमाको जबर्दस्त बद्लाव आएकै हो त?
* नेपाली चलचित्र कस्तो हुनुपर्ने हो ?
आदि ।

दीपेन्द्र लामा को संक्षिप्त परिचय:
---
* विगत १५ वर्षदेखि पत्रकारितामा क्रियाशील दीपेन्द्रले हक्की र विषयवस्तुको विशिष्ट ज्ञान राख्ने चलचित्र समिक्षकको रुपमा चर्चा कमाएका छन् ।
* उनी राष्ट्रिय दैनिक "नागरिक" का वरिष्ठ संवाददाता हुनाको साथै कला-मनोरञ्जन प्रमुखको रुपमा कार्यरत छन् ।
* हाल उनी नेपाल चलचित्र समिक्षक समाजका महासचिव रहेका छन् ।
* Indigenous Film Archive का उपाध्यक्ष रहेर आदिवासी जनजातिको चलचित्र संरक्षण र संवर्ध्दनमा योगदान दिइरहेका छन।
* नेपाली चलचित्र "नागबेली' का लेखक
* उनका लेखहरु निम्न लिंकमा पढ्न सकिन्छ : http://www.nagariknews.com/entertainment/author/916-दीपेन्द्र-लामा.html

मिति: २ नोभेम्बर २०१४। आइतबार
समय: दिउँसो २ बजे देखि ५ बजेसम्म
स्थान: लिटल बड्स किन्डरगार्डेन, जोर्डन

(सीट संख्या सीमित भएकोले कृपया समयमै सीट सुरक्षित गर्न अनुरोध गर्दछु ।)
संयोजक: हेम लावती
समिक्षक समाज
संपर्क : 68571339


No comments:

Post a Comment