Saturday, October 18, 2014

समिक्षक समाज(Critics Soceity)को पुस्तक-बिमर्स कार्यक्रम - किन्दर राई

आज समिक्षक समाज(Critics Soceity)को पुस्तक-बिमर्स कार्यक्रममा सहभागी भइयो । हेम लावती जी को संयोजकत्वमा आयोजित कार्यकममा कवी टोप बहादुर याख्खा राईको कबिता संग्रह "आँधी रोकिएपछि" माथि साहित्यकार बज्रकुमार थुलुंग राईज्यूले बिमर्स गर्नु भयो । देस र समाज प्रति अति सम्बेदनसिल/समर्पित तर प्रेम र योन कुन्ठाहरुलाई स्थान नदिएको यस संग्रह प्रतिको उहाँको बिबेचना पत्र-पत्रिकामा प्रकाशित भई सकेको छ । बज्र जीको प्रस्तुति समाप्त हुंदा म पुगेको थिएँ ।
तेसपछि पालो आयो रबिन राई ज्यूको । Mitch Albom ले लेखेको अत्यन्तै चर्चित अंग्रेजी पुस्तक "मोरिसँगका मंगलबारहरु(tuesdays with Morrie)"को बारेमा सटीक टिप्पनी प्रस्तुत गर्नु भयो, दहिबाट माथेर घ्यू निकाले जस्तै त्यस पुस्तकको अन्तरबस्तुलाई केलाउनु भयो । "मृत्यु" लाई मुख्य बिषय बस्तु बनाइएको यस कृतिको मुख्य सन्देश आपसी प्रेम र सद्भाव सृजना गर्नु हो भन्ने कुरा थाहा लाग्थ्यो रबिन राईज्यूको पाठकीय अनुसार ।
आजका अर्का बिबेचनाकार हुनु हुन्थ्यो वरिष्ट पत्रकार जेबी पुन ज्यू ।उहाँले भर्खरै नेपालमा बिमोचित सृजनशील अराजकका तिन अभियन्ता मध्ये हाङयुग अज्ञात जीको कविता संग्रह "करङको हिरासत" माथि टिप्पनी गर्नु भयो । कसैको रचनालाई टिप्पनी गर्नु भनेको राम्रो पक्षको बखान मात्र होइन भन्ने मान्यता अगाडी सार्दै कबितामा प्रयोग भएको बिम्ब/प्रतिकहरु कतै आफ्नै मुल्य र मान्यता भन्दा फरक अर्थ लाग्ने पो हुन्छन् की भन्ने तीर पनि ध्यान दिनु पर्ने कुरा औल्याउनु भयो । उहाँको कविताले संसार भरिनै चलिरहेको नश्ल चेतलाई जगाउनमा ससक्त भूमिका खेल्ने कुरा प्रष्ट पार्दै कविता सामान्य पाठकले बुझ्न अली गार्हो हुने भनौ न यहाँ प्रयोग भएका बिम्बहरू बुझ्न अन्य धेरै अध्यान अनुभवको आबस्यक्ता पर्नेकुरा पनि औल्याउनु भयो ।
बिचबिचमा आपसी छलफल र अनुभवको आदानप्रदान पनी भएको थियो । यस्ता कार्यक्रमले हंगकंगेली नेपाली साहित्यमा नौलो र बिशिस्ट महत्व राख्ने कुरामा आशावादी हुन सकिन्छ । कार्यक्रम नियमित रुपमा हुनेछ ।
 (5 photos)

No comments:

Post a Comment