Monday, December 29, 2014

समिक्षक समाजको चौथो कार्यक्रम -१ Rabin Rai


--


नमोबुध्द आमा समूहको हलबाहिर चाबीको प्रतिक्षा गरिरहँदा, "किन्दर जी खै त?" भनेर सोधासोध हुँदा रचिदाले भनी, "किन्डर एग् सरप्राइज् पनि छ?" । क्रिसमसको बेला जताततै फ्री गिफ्ट पाइरहेकी उनले सोँचिन् क्यारे, आजको कार्यक्रममा पनि उपहार दिइनेछ ।

समिक्षक समाजको क्रमाङ्कको हिसाबले चौथो भइकन पनि चलचित्र समिक्षक दिपेन्द्र लामासँगको कार्यक्रमलाई विशेष भनिएकोले यसपालिको कार्यक्रमलाई तेस्रो श्रृङ्खलाकै रुपमा समिक्षक समाजले प्रस्तुत गर्‍यो ।

My experience on public speaking - Renu Rai


Glossophobia or a fear of public speaking is what I have always feared and dreaded. It was in 2006, I made a public speech in front of different nationals. And after 8 years, I was standing in front of a small mass of people, this time all Nepalese and most of them were familiar to me. So, I patted myself saying,'I will just be fine.' And as I talked, I felt better. The initial awkwardness slowly began to fade away. The proverb,"Practice makes a man perfect."certainly implies on peoples' lives. 

पुस्तक विमर्श(critics soceity)को प्रसंग - By Rai Malik Ram

हिजो अर्थात २१ डिसम्बर २०१४ मेरो लागि सुखद र खुशीको दिन रह्यो। मेरो जीवनले धेरै ख़ुशी पाएको छ भने त्यो साहित्यिक गतिविधिले पाएको छ। यो पक्षमा केही आलोचना र आरोप पाएको भए पनि धेरैबाट बढ़ी प्रशंसा, हौसला र शुभेच्छा नै पाएको छु। प्रिय मित्र किन्दर राईबाट प्रकाशित भैसकेको मेरो कथा संग्रहको अनपेक्षित रुपमा बड़ो गहण र सुक्ष्मपाराले चिरफार गरिएकोले म हिजो एक पटक फेरि खुशीले पुल्कित भएँ।

समीक्षक समाजको चौथो कार्यक्रममा - किन्दर राई

हिजोको समीक्षक समाजको कार्यक्रममा मैले पनि एउटा होमवर्क गर्नु परेको थियो कथाकार मालिकराम राई ज्युको कथा संग्रह "मालिकराम राईका कथाहरु" माथि समीक्षा गर्नु । तर आफूलाई तेस्तो समीक्षा गर्ने सिप नभएको कारणले समीक्षा जस्तो, सारांस जस्तो पाठक प्रतिक्रिया जस्तो यानेकी आफुले जस्तो लाग्यो तेस्तै लेखेर सुनाई दियँ । कवी भोगेन एक्ले भाइले पनि कुनैपनि कुराहरु फर्मेटमा हुनु पर्दैन भनेपछि ढुक्कैसंग सुनाएँ । समग्र कार्यक्रमले मालिकरामजीमा नयाँ उमंग छाएको पाएँ । 

Sunday, December 28, 2014

पुस्तक विमर्श कार्यक्रमको निमन्त्रणा



-----------------
प्रिय मित्रहरू ,
समिक्षक समाजका कार्यक्रमहरुमा सहभागी भई सदाशयता देखाइरहनुभएकोमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै निम्न बमोजिमको तेस्रो विमर्श कार्यक्रमको निम्तो दिन चाहन्छौं।

विमर्शका विषय वस्तु:

१. पहिचानको राजनीतिले साहित्य लेखनमा पारेको प्रभाव र असर :

- मधेस, जनजाति, दलित, महिला र उपेक्षितहरुको राजनैतिक आन्दोलनले साहित्य लेखनमा समेत फरक धारको शुरुआत गराएकोछ । यो तीन धारबाट लेखिदैं आएकोछ - १- माक्र्सवादी, २- विशुद्ध पहिचानवादी ३ - सुधारवादी । यो लेखन धारको अन्तवस्तु र अन्तद्धन्द्धले पहिचानको राजनीतिको विमर्शलाई चाहि कहाँ पुर्याएकोछ ? परिचर्चा गरिनेछ ।
केसस्टडी : राजन मुकारुङको लेखनशैलीलाई लिईनेछ । उनको दुई उपन्यास ‘हेत्छाकुप्पा’ ‘दमिनीभीर’ र ‘फेरिँदो सौन्दर्य’ पुस्तक त्यसको श्रोत रहनेछ ।

- स्रोत ब्यक्ति : जेबी पुन मगर

२. 'मालिकराम राईका कथाहरु' पुस्तकमाथि किन्दर राईको समिक्षा
३. दोस्रो विश्वयुध्दताका यहुदी बालिकाद्वारा लेखिएको डायरी पुस्तक "The diary of young Girl Anne Frank" को चर्चा रेनु राई द्वारा
४. Adwiti Haffner Subba द्वारा लिखित अंग्रेजी कथा "Tamangni Didi" को सारांश नेत्र जुनकीरी द फायर फ्लाईद्वारा

-------------------------

मितिः २१ डिसेम्बर २०१४, आइतबार

स्थानः नमो बुद्ध आमा समूह सभाकक्ष . कोठा नं१०, ६ फ्लोर, १०/१६ मानवाह बिल्डिङ, युमातेई अस्तिन एमटिआरको मुखैमा ( Namo Buddha Ama Samuha, Hall
Room no10, 6 f 10/16 Manwah Building, YAUMA TEI )

समयः दिउँसो ३ बजे देखि ६ बजेसम्म

धन्यवाद !
हेम लावती
संयोजक, समिक्षक समाज
संपर्कः६८५७१३३९