Wednesday, May 13, 2015

Critics' Society's Creative Mourning Episode - Kavita Rai


---------------------
A devastating earthquake which took place on the 25th of April 2015 has tormented and distorted thousands of lives in Nepal killing thousands dead, leaving thousands injured and many more homeless.The destruction and the loss the country is facing is beyond our figuration. Living abroad away from our loved ones, relatives, friends and the country is already a torment itself. Waiting desperately to hear the news from Nepal everytime amidst those contactless telephone calls trying to reach out for the loved ones had put us in trauma as well, let alone the victims.

Tuesday, May 12, 2015

समीक्षक समाजको शोक काब्य गोष्ठी - रबिन राई



---------------
फेरि भूँइचालो गइरहेको खबर आइरहेको छ, भूँइचालो आउने र जाने दौरान कतिले conspiracy theory पनि हुन सक्ने आशंका गर्न थालिसके । यो प्राकृतिक, दैवी वा मानवकृत् के हो त्यो त समयले नै बताउँला । समीक्षक समाजले आफ्नो सातौं कार्यक्रम भने भूकम्प पीडितहरुलाई समवेदना दिँदै शोक काब्य गोष्ठीको रुपमा प्रस्तुत गर्‍यो ।

Netra Junkiri The Firefly in Himalaya Darpan


खोलाको गीत कवितामा उपेन्द्र सुब्बा/ मनु कन्दङ्वा


2015-04-20 12.29.40
[समीक्षक समाज -छैटौं शृङ्खला विशेष ]
मैले उपेन्द्र सुब्बाको ‘कविताको बिउ’ नेपाली साहित्यघर अर्थात्  www.nepalisahityaghar.com मा पाएको जानकारी अनुसार साहित्यका खुड्किलाहरू यसरी टेक्दै उक्लिएका थिए । वि.सं.२०५४ सालतिर दमकमा बि ए पढ्दै गर्दा साझा कविता भन्ने किताबमा दुई लिम्बुहरू बैरागी काइँला र वीरेन्द्र सुब्बाका  कविता पढे । यी दुई कविहरूका कविता पढिसके पछि ए ! लिम्बुहरू पनि लेखे त सकिने रहेछ, म पनि लेखिहेरौँ न त, भनेर उनले लेख्न सुरु गरे ।

‘म झिंगा हुन सक्थें’ – जूनकीरी / हाङयुग अज्ञात साभार : Hangyug.Com



IMG_2013734122356
समीक्षक समाजको छैटौं इपिसोडमा होङकोङ/मिरिकका कवि/फोटोग्राफर नेत्रप्रकाश थापा ‘जूनकीरी’को तस्बिर तथा कविता सङ्ग्रहको विमोचन सम्पन्न भयो ।
कवि जूनकीरी यतिबेला मिरिकमा छन् । विमोचन कार्यक्रममा उनलेे मिरिकको ‘हेलिप्याड’मा आएर स्काइपबाट अत्यन्तै मीठो सम्बोधन गरे । उनले भने- “टिभीमा लाइभ रिपोर्टिङ गरे जस्तो भैरहेको होला । ब्याकग्राउन्डमा मिरिक लेक छ । पानी पर्न लागेको छ । बादल मडारिएर आउँदैछ । तल नेटवर्क राम्रो नभएर म र फिरोज माथि हेलिप्याडमा आएका छौं । यो हेलिप्याड बृटिसको पालामा बनेको हो । समीक्षक समाजका साथीहरू नभइदिएको भए यो जूनकीरी ‘झिंगा’ हुने थियो, हेहेहे ।”

हाङयुग अज्ञात - बसन्त थापा (ॠतुराज) सित सङ्गोष्ठी ससको पाँचौं श्रृङखलामा



हिज मार्च १ आइत्बार समीक्षक समाजको आयोजनामा नेपालबाट डकुड्रामा देखाउन होङकोङ आइपुगेका बसन्त थापा(ॠतुराज)सित सङ्गोष्ठी सम्पन्न भयो । सङ्गोष्ठीमा हाम्ले धेरै कुरो सिक्ने अवसर पायौं, यसका लागि ॠतुराजलाई होङकोङ निम्त्याउने किसन राईलाई फूलै चढाएर तितेपातीले पानी छर्केर हनेमने गरे पनि फरक पर्ने छैन । यी नामले किसन भए पनि मन श्वेत छ । धेरै सर्जक तथा श्रष्टाहरूलाई होङकोङ भित्र्याएर हाम्रो सम्मुख राखिदिन्छन् किसन, यो हाम्रो अहोभाग्य हो भन्ने लाग्छ मलाई । किन्भन्देखिन्लाई उनले ल्याएदिएका सर्जक तथा श्रष्टासित विचार आदानप्रदान गर्ने अवसर पाइरहेका छौं । यसपटक त कार्यक्रमको ब्यानर समेत निशुल्क बनाइदिए किसनले ।

"मालिकराम राईका कथाहरु, भित्रको अन्तर्वस्तु " - किन्दर राई




    कथामा अनुवाद गर्न सकियो भने हरेक मानिसहरुको भोगाइ अनुभूतिहरु कैयौं कथाहरुको शृंखला हो भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रकाशित भएको कथाहरुको संग्रह हो "मालिकराम राईका कथाहरु" कथाकार मालिकराम राई "बियोगी" ज्यूले लेख्नु भएको कथाका तीनवटा संग्रहहरु मध्ये योमालिकराम राईका कथाहरुतेश्रो कथा संग्रह हो यस अगाडि उहाँले पहिलो कथा संग्रह "विवसता" सन २००२ सालमा, दोश्रो कथा संग्रह "सायपत्रि" सन २००४ मा प्रकाशित गरि सक्नु भएको भने यो तेश्रो चाहि सन २००८ मा प्रकाशित गर्नु भएको हो १९ वटा कथाहरु रहेको यस कथा संग्रहलाई सृजनशिल साहित्य समाज हङ्कङ्ले प्रकाशन गरेको हो यसको अलवा बिभिन्न पत्रपत्रिकाहरुमा पनी उहाँका अन्य कथा, संस्मरण लेखहरु प्रकाशित भएको पाइन्छ

बाहुन बलियो हुनाका कारण - jb pun magar presented in 4th issue of of CS program

Bahun 1
 बाहुन अर्थात नेपाली सत्ताको हर्ताकर्ता । २००७ सालको सशस्त्र क्रान्तिदेखि नेपाली राजनीतिको केन्द्रमा देखिएको यो समुदाय २०४६ सालपछि खुलेर मैदानमा उत्रिएको देखिन्छ – आक्रमकताका साथ । अरु सबै जातजातिलाई किनारा पार्दे राज्यसत्ताको केन्द्रमा कसरी पुग्न सफल भयो यो जात ? यस आलेखमा  पर्गेल्ने कोशिस गरिएकोछ –