Saturday, October 18, 2014

क्रिटिक्स सोसाइटीको कार्यक्रम By Kavita Rai



'प्रत्येक साहित्य लेखन मा राजनिती लुकेको हुन्छ, चाहे त्यो प्रेम कविता नै किन नहोस।'जे.बि.पुन ज्युले यहि कुरा बाट कवि हाङ्युग अज्ञातज्युको कविताको पुस्तक 'करङ को हिरासत' को समीक्षा शुरु गर्नु भएको थियो।यसमा म वहाँलाई 100+% सहमती जनाउछु किनभने म त अझ भन्छु कि राजनिती त हाम्रो श्वास प्रस्वासमा पनि रहेको हुन्छ।जब सम्म जीवन हुन्छ तब सम्म 'म' तत्व रहन्छ। र जब सम्म 'म' तत्व रहन्छ तब सम्म राजनिती रहिरहन्छ।


वहाँले कविज्युको पुस्तकको समग्रमा समीक्षा गर्दै भन्नू भएको थियो कि आइड्यान्टिटीको लागि गरिने राजनिती अहिलेसम्म हेर्दा सन्सार् कै सबै भन्दा सजिलो तरिकाले गरिने राजिनिती हो र यसले कुनै पनि बेला कुनै पनि राजनिती स्थिती देखि लिएर कुनै पनि देश, राज्य र जनता को अवस्था लाई एकाएक परिवर्तन गरि दिन सक्दछ।तर त्यो परिवर्तन कस्तो हुन सक्ला भन्ने कुरामा लेखक हरुले foresighted भएर अति सम्बेदनशिल भै आफ्नो लेख मा यी कुराहरुलाई मध्यनजर राख्न जरुरी छ।

म पनि यस कुरालाई सहमत जनाउदै भन्न चाहन्छु कि शायद एउटा जिम्मेवार लेखक यसैलाई नै भनिन्छ।

वहाले कविज्युको 'श्री ५ हाङ्युग अज्ञातको महावाणी' को समिक्षा गर्दागर्दै श्री ६ को पदको बारेमा खुलासा गर्नुहुदा हामी जस्तो पाठकहरु त वाल्ल परेर सुनिरहेका थियौ। रेनु बहिनीले भन्नूभए झैँ हामिलाई जेबि पुन ज्युको समीक्षा गर्ने शैली, वहाको प्रस्तुती र कविता वाचन गर्ने शैलिले हामी सबैलाई मन्त्रमुग्ध नै तुल्याएको थियो। र वहालाई 'think tank' किन भनिएको रहेछ भन्ने कुरो पनि प्रस्ट भयो।

जब जेबि पुनज्युले कवि हाङ्युगज्युको कविताहरुको समीक्षा गरिरहनुहुदा म मनमनै सोचिरहेकी थिए कि अब कविज्युले वहाँको हरेक समिक्षाको स्पस्टिकरण कसरी दिनु होला भनेर
तर वहाँले एक्दमै शान्त ढङले अत्ति चत्तुर्याईका साथ आफ्नो स्पस्टिकरण यस्तरी दिनु भयो कि म फेरि एक पटक वहाबाट
मोहित नभै रहन सकिन।

र अन्त्यमा यस कार्यक्रमबाट हामिले धेरै कुराहरु सिक्ने मौका पायौ। सबभन्दा महत्वपुर्ण कुरा चाहिँ एउटा सक्षम लेखक हुनलाई कति धेरै अध्ययन, मिहिनेत, पुर्वतैयारी, विश्लेषणात्मक क्षमता र tactical thinking हुनु जरुरी रहेछ भन्ने कुरा थाहा पायौ।
हेम कुमार लावती ज्युलाई धेरै धेरै धन्यबाद। फेरि फेरि पनि यस्ता महत्वपुर्ण कार्यक्रम हरु आयोजना गरिरहनु होला।

No comments:

Post a Comment