Saturday, October 18, 2014

मलाई लागेको कुरा - मनु कन्दङवा


-------------------

"हामीमा खुलेर आलोचना रआत्मआलोचना गर्ने र मनन् स्वीकार गर्ने प्रबृतीको विकास गर्नु छ"।जसको निम्ती परस्परमा हातेमालो गरेर बरिष्ठता र बौद्धिकताको अहमतालाई त्यागेर र नयाँ खुडकिलामा लम्कने हामी जस्ता नयाँ उमङ्गहरुलाई पनि एक आपमा बराबर आदर र सम्मान गर्दै अगाडी बढ्नु पर्छ। 
भनेर मलाई बारम्बार सम्झाई रहनु हुने आदर्णिय साहित्यकार/ गितकारदाई हेम लावती ज्यू को संयोजकतामा Critics society द्वारा हिजो १४ सेप्टेमबरमा हङकङमा सम्पन्न भएको "पुस्तक विमर्श" (Book Review) कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै खुसी लागेको छ।र यस सहारनिय कार्य थालनी गर्नु हुने साहित्यकार हेम लावती ज्यु, पत्रकार जे वी पुन ज्यु र सुत्रधार रविन राई ज्यु लाई विशेष साधुबाद !!!
साथमा तिन समिक्षक ज्युहरुबाट तिनै किसिमको छुट्टा-छ्ट्टै स्वादमा लिन पाईयो।जसमा कवि टि वी याक्खा ज्युको "आँधि रोकिए पछि" कविता संग्रहको समिक्षा साहित्यकार तथा पत्रकार बज्र थुलुड्० राई ज्यु ले कविको कविताले समाजको मर्म र पिडा कसरी बोलेको छ? स्पष्ट पार्दै वहाँको भावना तथा सामाजिक कार्य प्रतिको पनि प्रसंसा गर्नु भएको थियो ।

त्यस पछि सुत्रधार रविन राई ज्यु ले विश्वको चर्चित अंग्रजी किताब "Mitch Albom"बाट मोरी सँगका मंगलबारहरु (Tuesdays with morrie) को नेपालीमा समिक्षा गरेर सुनाऊनु भयो।जीबन र प्रेमको अलावा, अन्त त: मृत्यू नै प्रमुख रहेछ, भन्ने विषयको अत्येन्तै रोचक र ज्ञान बर्द्धक भएको र हामी जस्तो नयाँ उर्वर हरुले पढ्नै पर्ने र हेर्नै पर्ने जानकारी पनि दिनु भयो।

अन्त्यमा बरिष्ठ कवि हाङ्युग अज्ञात ज्यु को भखरै मात्र दोस्रो संस्करणमा विमोचन भएको "करङको हिरासत"कविता संग्रहको समिक्षा बरिष्ठ पत्रकार जे वी पुन ज्यु बाट भएको थियो। वहाँले भन्नु भए जस्तै सामन्य पाठक एवं जो कोहि ले वहाँको कविता बुझ्न सकिदैन। कवितामा प्रयोग भएको विम्ब र मिथकहरु बुझ्न अध्यायनको जरुरी भएको प्ररस्ट्याऊँदै निकै गहिरो अध्यायनको अलावा कविताको मिथक विम्बहरुको केस्रा -केस्रा केलाएर उपस्थित सबैलाई परस्ट्याउनु भएको थियो ।लगभग डेडघन्टा जति विम्बहरुको विश्लेषण गर्ने क्रममा विश्व नै घुमाउनु भएको थियो। भने कतिपय कविताको विश्लेषण मा पाठक द्विग भ्रम हुन जाने आशंका गर्दै कवि स्वयंले हामी पाठकहरुलाई स्पष्ट पारी कार्यक्रम एकदमै रोचक तथा ऊपलब्धि मुलक भयो।
अझ हामी जस्तो भखरै साहित्यमा पाईला सार्न लागेको अनुरागीहरू प्रति अझ धेरै हौसला र ऊर्जा थपेको आभास भएको छ। हेरौ पाईलाहरु नथाकोस ......अन्त्यमा यस्तो कार्यक्रम निरन्तर रहोस भन्दै कार्यक्रमको आयोजक टिमलाई हार्दिक कृतज्ञता टक्रयाउछु ।

No comments:

Post a Comment