Sunday, December 28, 2014

पुस्तक विमर्श कार्यक्रमको निमन्त्रणा



-----------------
प्रिय मित्रहरू ,
समिक्षक समाजका कार्यक्रमहरुमा सहभागी भई सदाशयता देखाइरहनुभएकोमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै निम्न बमोजिमको तेस्रो विमर्श कार्यक्रमको निम्तो दिन चाहन्छौं।

विमर्शका विषय वस्तु:

१. पहिचानको राजनीतिले साहित्य लेखनमा पारेको प्रभाव र असर :

- मधेस, जनजाति, दलित, महिला र उपेक्षितहरुको राजनैतिक आन्दोलनले साहित्य लेखनमा समेत फरक धारको शुरुआत गराएकोछ । यो तीन धारबाट लेखिदैं आएकोछ - १- माक्र्सवादी, २- विशुद्ध पहिचानवादी ३ - सुधारवादी । यो लेखन धारको अन्तवस्तु र अन्तद्धन्द्धले पहिचानको राजनीतिको विमर्शलाई चाहि कहाँ पुर्याएकोछ ? परिचर्चा गरिनेछ ।
केसस्टडी : राजन मुकारुङको लेखनशैलीलाई लिईनेछ । उनको दुई उपन्यास ‘हेत्छाकुप्पा’ ‘दमिनीभीर’ र ‘फेरिँदो सौन्दर्य’ पुस्तक त्यसको श्रोत रहनेछ ।

- स्रोत ब्यक्ति : जेबी पुन मगर

२. 'मालिकराम राईका कथाहरु' पुस्तकमाथि किन्दर राईको समिक्षा
३. दोस्रो विश्वयुध्दताका यहुदी बालिकाद्वारा लेखिएको डायरी पुस्तक "The diary of young Girl Anne Frank" को चर्चा रेनु राई द्वारा
४. Adwiti Haffner Subba द्वारा लिखित अंग्रेजी कथा "Tamangni Didi" को सारांश नेत्र जुनकीरी द फायर फ्लाईद्वारा

-------------------------

मितिः २१ डिसेम्बर २०१४, आइतबार

स्थानः नमो बुद्ध आमा समूह सभाकक्ष . कोठा नं१०, ६ फ्लोर, १०/१६ मानवाह बिल्डिङ, युमातेई अस्तिन एमटिआरको मुखैमा ( Namo Buddha Ama Samuha, Hall
Room no10, 6 f 10/16 Manwah Building, YAUMA TEI )

समयः दिउँसो ३ बजे देखि ६ बजेसम्म

धन्यवाद !
हेम लावती
संयोजक, समिक्षक समाज
संपर्कः६८५७१३३९

No comments:

Post a Comment