Monday, December 29, 2014

समिक्षक समाजको चौथो कार्यक्रम -१ Rabin Rai


--


नमोबुध्द आमा समूहको हलबाहिर चाबीको प्रतिक्षा गरिरहँदा, "किन्दर जी खै त?" भनेर सोधासोध हुँदा रचिदाले भनी, "किन्डर एग् सरप्राइज् पनि छ?" । क्रिसमसको बेला जताततै फ्री गिफ्ट पाइरहेकी उनले सोँचिन् क्यारे, आजको कार्यक्रममा पनि उपहार दिइनेछ ।

समिक्षक समाजको क्रमाङ्कको हिसाबले चौथो भइकन पनि चलचित्र समिक्षक दिपेन्द्र लामासँगको कार्यक्रमलाई विशेष भनिएकोले यसपालिको कार्यक्रमलाई तेस्रो श्रृङ्खलाकै रुपमा समिक्षक समाजले प्रस्तुत गर्‍यो ।

हल ब्यवस्थापनले हल खोलिदिनासाथ हामीले धुरिएर ब्यानर टाङ्गी कार्यक्रम शुरु गराउन लाग्यौं । समिक्षक समाजका संयोजक हेम लावतीको बर्थ डे हिँजो फेसबुक भरि धुमधाम मनाइएको देखिएको थियो, विद्युतीय फूल र केकहरुले, मनुजी र कविताजीले भने साँच्चिकै खान मिल्ने केक लिएर आउनु भएछ, सरप्राइज् । "तर मलाई थाहा थियो, बैनीहरुले यस्तै केही गर्नेवाला छन् भनेर", हेम दाइले पुलकित् भई भने । रचिदा एक्ली बच्ची भएको हुनाले केकको कुन हिस्सा खाने भन्ने कुरामा कसैसँग उनले विवाद गर्नु परेन , 'हेप्पी बर्थ डे' गाउँदा उनकै स्वर सबैभन्दा चर्को आयो ।


केकको स्वादसँगै रेनुले "एन फ्रयाङ्स् डायरी" को सार प्रस्तुत गरिन् , पूर्व तैयारीमा विश्वास गर्ने उनले उभिएर सहजरुपमा आफ्नो प्रस्तुति दिइन् । हिटलरको नाजीकालिन् समयमा एक १३ वर्षे यहुदी बालिकाले गुप्तवासको बेला लेखेको दैनिकी उनको प्रस्तुतिको विषय थियो । प्रस्तुतिपछि प्रश्नको लागि संयोजकले आव्हान गर्नुभयो , रचिदाले उठेर भनिन् ,"I have a question, why is this story so long?"। उनको प्रश्नले सबै हाँसे मात्रै ।

त्यस पछि समिक्षक किन्दर राईको 'मालिकराम राईको कथाहरु' माथिको विश्लेषण प्रस्तुत भयो । समिक्षकको धर्मको पूर्ण परिपालन गर्दै किन्दरज्यूले राईका कथाहरुलाई कहिले तासका पत्ता झै एक एक गरेर त कहिले एक एक चाङ् मा मिलाउँदै आकर्षक रुपमा विश्लेषण गरे । भोगेन एक्लेको टिप्पणी "सोझा राईका कथाहरु उनी जस्तै सोझा" भन्दै किन्दर राईले मालिकराम राई का हालसम्म प्रकाशित ३ पुस्तककै गहन अध्ययन र विश्लेषण गरेको उनको चरीदृष्टिकोणले (bird's eye view) स्पष्ट देखायो ।
"समिक्षक भनेको डाक्टर हो, उसले सुइ हान्दा दुख्छ तर बिरामी संचो पार्न सुई हान्नुपर्ने पनि हुन्छ, टर्रो ओखती खुवाउनुपर्न हुन्छ " चलचित्र समिक्षक दिपेन्द्र लामाले विशेष कार्यक्रममा भनेथे । सर्जकलाई आफ्नो कृति औंधी प्यारो हुन्छ तर समिक्षकले उठेर आफ्नो धर्म निर्वाह गरिदिएन भने सर्जक पूर्णत: दिग्भ्रमित हुन्छ । किन्दर राईले डाक्टरको भूमिका निर्वाह गरे भने कथाकार मालिकराम राईले कृतज्ञताका साथ आफ्ना कमजोरीहरुलाई स्वीकार्दै र सच्याउँदै अगाडि बढ्ने प्रतिबध्दता जाहेर गरे ।

प्रश्नोत्तरको क्रममा रचिदाले भनी, "Excuse me, I didn't understand".
"भान्जीलाई कुनै दिन घरमै आएर म भन्छु ल", कथाकार राईले भने ।
रचिदाले मुन्टो हल्लाई ।

तस्बिरमा : हेम लावती केक् काट्ने तर्खरमा , पृष्ठभूमिमा हामी , अग्र भागमा रचिदा ।

क्रमश...
With Kavita Rai and Rabin Rai.
Photo

No comments:

Post a Comment