Saturday, November 8, 2014

पत्रकार लामालाई रु ५२,६६८ हस्तान्तरण

Critics' Society - समिक्षक समाज's photo.
प्रिय मित्रहरू ,

समिक्षक समाजको आयोजनामा "नेपाली सिनेमाको फेरिँदो मुहार" शीर्षकमा विशेष- विमर्श कार्यक्रममा प्रस्तुति दिए वापत
चर्चित चलचित्र समिक्षक ( चलचित्र समिक्षक समाजका मह...ासचिव) दीपेन्द्र लामालाई यहाँहरुबाट सहयोग स्वरूप प्राप्त रकम जम्मा ३९६० /- होङ्कोङ् डलर ( नेरु ५२,६६८ )संयोजक हेम लावतीले हस्तान्तरण गर्नु भएकोछ। सो रक़म समाजको अनुरोधमा यहांहरुले स्वेच्छाले कार्यक्रम स्थलमै संकलन गर्नु भएकोथियो । यो सहयोग बौद्धिक कर्म गरिरहेका समाजका रत्नहरुका निम्ति सम्मान हो भन्ने हाम्रो विश्वास र अभियानमा यहांले गर्नु भएको हैसे प्रति कृतज्ञ छौं ।

त्यस्तै पत्रकार लामाको एक साता लामो बसोबासको प्रबन्ध गरिदिनु हुने छेवाङ लामा , कार्यक्रम स्थल उपलब्ध गराईदिनुहुने शिक्षाविद धन थापा र ब्यानर प्रायोजन गर्नुहुने संगीतकार दिनेश सुब्बा प्रति पनि ऋणी छौं । एक साता लामो बसोबास क्रममा लामाको लागि आर्थिक, भौतिक र मानसिक श्रम खर्चनु हुने यहाँ उल्लेख नगरिएका थुप्रा महानुभावहरुको बौद्धिक सम्मानप्रति पनि हामी आभारी छौं ।
बौद्धिक शोषण बिरुद्ध रहेको यस समाज ईमान्दारपूर्वक बौद्धिक कर्ममा लागिरहेका साहित्य, मीडिया र एकाडेमिसियनहरुको बौद्धिक अभियानमा सदा साथ दिईरहनेछ भन्ने घोषित नीतिको यो शुरुआत क़दम थियो ।
बौद्धिक रत्नहरु संगको विमर्श र सत्संग बाट प्राप्त अनमोल सम्पतिले हगंकगं नेपाली समाजको सम्बृद्धिमा उत्तरोत्तर प्रगति हुनेछ भन्ने विश्वास सहित यहांहरुबाट प्राप्त टेको प्रति धन्यवाद दिँदै आगामी कार्यक्रममा पनि यस्तै साथको अपेक्षा गर्दछौं ।
बौद्धिक रुपमा स्वयं आफु बलियो बन्दै नेपाली समाजलाई सभ्य र शिक्षित बनाउने यो अभियानमा हातेमालो गर्न पनि हामी अनुरोध बिसाउन चाहन्छौं ।
सहयोग दाताहरूको नामावली यसै जानकारी साथ संग्लग्न गरिएको छ ।

समिक्षक समाज
Critics' society
.

No comments:

Post a Comment