Monday, December 29, 2014

समीक्षक समाजको चौथो कार्यक्रममा - किन्दर राई

हिजोको समीक्षक समाजको कार्यक्रममा मैले पनि एउटा होमवर्क गर्नु परेको थियो कथाकार मालिकराम राई ज्युको कथा संग्रह "मालिकराम राईका कथाहरु" माथि समीक्षा गर्नु । तर आफूलाई तेस्तो समीक्षा गर्ने सिप नभएको कारणले समीक्षा जस्तो, सारांस जस्तो पाठक प्रतिक्रिया जस्तो यानेकी आफुले जस्तो लाग्यो तेस्तै लेखेर सुनाई दियँ । कवी भोगेन एक्ले भाइले पनि कुनैपनि कुराहरु फर्मेटमा हुनु पर्दैन भनेपछि ढुक्कैसंग सुनाएँ । समग्र कार्यक्रमले मालिकरामजीमा नयाँ उमंग छाएको पाएँ । 
संयोजक हेम लावतिज्युले नै संचालन गर्नु भएको कार्यक्रममा पहिलो प्रस्तूति अंग्रेजी साहित्यमा कलम चलाउनु हुने भान्जी रेणू राईको थियो ।उहाँले जर्मन हिटलरको नाजीवादको शिकार भएको लाखौ यहूदीहरु मध्ये एउटा 13 बर्षीय पीड़ित पात्र "एनी फ्र्यांक"को डायरीको आधारमा तयार भएको कृति THE DIARY OF A YOUNG GIRL ANNE FRANK माथि समीक्षा गर्नु भएको थियो । मेरो प्रस्तुती पछि नेत्र जुनकिरी जिको अंग्रेजीमा कथाकार Adwiti Haffner Subba को बारेमा परिचायत्मक टिप्पणिका साथ उहाँको (अद्विती सुब्बाको) कथा "Tamangnee Didi" बितरण गर्नु भयो ।
अन्तिममा रहेको बरिष्ट बिद्वत पत्रकार जेबी पुन मगरज्युको प्रस्तुतिको बिषय "पहिचानको राजनीतिले साहित्यमा पारेको प्रभाव" भन्ने थियो । यसको लागि उहाँले आँखि झ्याल वा सन्दर्भ सामग्रिको रुपमा मदन पुरस्कार बिजेता राजन मुकारुङको "हेत्छाकुप्पा" र "फेरिंदो सौंदर्य" र प्रगति राईको "लेखककी स्वास्नी" लाई लिनु भएको थियो । बी.सं. 1910 देखि यताका नेपालको राज्य सत्तामा भएको जातीय उपस्थिति, त्यहाँ भएको राज्यको नितिले आदिवासी जनजाति दलित मधेसिहरुमा हालसम्म पारेको प्रभावको बारेमा तथ्यगत प्रस्तुतिले एउटा सेमीनार वा कार्यशालाको रूप लिएको थियो । जेबी पुन ज्युको यो प्रस्तुतिले सबैलाई अत्यन्तै बौद्विक उपलब्धिको महसूस भएको थियो । photo:Netra Junkiri The Firefly and Rai Niraj

No comments:

Post a Comment