Tuesday, June 16, 2015

समीक्षक समाज बारे छोटो नोट - हेम लावती


आफ्नो कार्यवधि सम्बन्धमा विगत १२ महिनाको अन्तरालमा समीक्षक समाजले प्रष्ट अवधारणा र घोषित उद्देश्य सहित कार्यक्रम सन्चालन गर्दै आईरहेकोछ ।
यसको अवधारणा र सञ्चालन बिधि आठौँ श्रृंखला सम्म आईपुग्दा सम्म पटकै पिच्छे उदघोष गर्दै आईरहेकैछ ।
पुनश्चः एक पटक यस संजाल मार्फत अवगत गर्न गराउन बान्छनिय महशुस गरिएकोले छोटकरिमा प्रष्ट्याउन प्रयत्न गरेको छु।

१ - समीक्षक समाज 'बिचार अनेक उदेश्य एक' लक्ष्य राखि बौद्धिक कसरत गर्ने उदेश्यले स्थापना गरिएको निरपेक्ष सँस्था हो। यस मन्च मार्फत
अध्ययन,बिमर्श,बिश्लेषण समीक्षा आदि बौद्धिक कर्म गर्ने गराउने गरिन्छ ।
२ - यसले गराउने बहस र बिषयहरूको दायरा स्वतन्त्रत र बृहत हुनेछ। जस्तै - भाषा,साहित्य, संगीत, कला, सँस्कृति राजनीति,अर्थशास्त्र, बिज्ञान, समाजशास्त्र,दर्शन आदी। समीक्षकको अर्थ यस्ले साहित्यका पुस्तक हरुमाथी मात्र समीक्षा गर्ने नभै विभिन्न बिधामा लेखिरहेका लेखक, बौद्धिक तथा पेशेवरहरुका जीवन अनुभुति र अभ्यास सुन्ने सुनाउने र सम्बाद गर्ने वातावरण पनि उपलब्ध गराउदै आईरहेकोछ ।
यस्तो सम्बाद्ले हङकङमा बौद्धिक अभ्यास बढ्ने यस्को बिश्वास रहेकोछ ।
३ -आमन्त्रित कार्यक्रमका बक्ता बिचार व्यक्त गर्न स्वतन्त्र रहने तर व्यक्त बिचार ब्यक्ती स्वयंको जवाफ देहितामा रहनेछ।
४ - संयोजक मार्फत परामर्शद्वारा कामहरू सञ्चालन गरिने छ।
५ - समाज हित र समूहको मागलाई सदा प्राथमिकतामा राखिने छ।
६ - मानव र त्यससङग जोडिने सम्बेदनशिलता, दैनन्दिन कर्म, सामाजिकता, राजनीति, अर्थनीतिसँग जोडिने सवालमाथि स्वस्थ बिमर्श गर्न कार्यक्रमहरू आयोजना गरिनेछन।
७ - सबैखाले बिचारहरूलाई सम्मान गर्दै ति बिचारहरूमाथी बहस र अन्तरर्क्रिया चलाउदै
समाजपयोगी बनाउन बौद्धिक हैसे गर्ने पनि यो मन्चको सोदेश्य रहेको अवगत गराउन चाहन्छु ।
अन्तमा,
प्रकाशन, लोकार्पण, बिमोचन तथा अन्य सामाजिक तथा मैत्री सद्भाव बढाउने कार्यहरुको फराकिलो दायरामा समेत समाजले आफ्नो उपस्थिति बढाईरहेको छ।
यिनै उदेश्यहरूमा केन्द्रित रहि कार्यलाई गति दिन लागिपरेकाछौ । यस्तो सत्कार्यमा अहिले सम्म यहाहरुबाट प्राप्त सहयोग र सुभेच्छा प्रति सदा कृतज्ञ रहनेछु र सदा सहयोगको अपेक्षा समेत गर्दछु।

No comments:

Post a Comment