Tuesday, November 4, 2014

समिक्षक समाज ( Critics' Society ) को आजको विशेष इपिसोड - हाङयुग अज्ञात



समिक्षक समाज ( Critics' Society ) को आजको विशेष इपिसोडमा नेपालबाट इन्फा अवार्ड (2014) मा मिडिया नागरिक दैनिकबाट सहभागी चलचित्र समिक्षक दीपेन्द्र लामाज्यूले "नेपाली चलचित्रको फेरिँदो मुहार" विषयमा रोचक चर्चा गर्नु भएको थियो । नेपाल चलचित्र समिक्षक समाजका महासचिव श्री दीलाज्यू विगत १५ वर्षदेखि पेशाले पत्रकार हुनुहुन्छ ।
संयोजक हेम लावतीज्यूले उपस्थितहरू माझ दीलाज्यूको परिचय गराउँदै कार्यक्रमको ५० डलर शुल्क गएको इपिसोडको जस्तो नतोकिएको तर मनैदेखि जति दिन मन लाग्छ तेति सहयोग गरेर नेपालबाट आएर चलचित्र सम्बन्धि महत्त्वपूर्ण जानकारी, सूचना या ज्ञान दिन तयार उहाँलाई खादाको भन्दा पनि "याङ"को जरुरत छ भन्ने किसिमको विचार व्यक्त गर्नु भएको थियो । तेस्तै उहाँले दीलाज्यूलाई हङकङसम्म ल्याएर 'समिक्षक समाज'को कार्यक्रममा यो साक्षात्कारको अवसर जुराइदिने 'नेपाल क्लब'लाई धन्यवाद दिदैं कार्यक्रम अवधिभर टिकट, सिडी, किताब बिक्रीवितरण नगरिदिन हुन हार्दिक अनुरोध गर्नु भएको थियो ।

संयोजकज्यूले फोटो खिच्न क्यामेरा तेर्साएर बसेका पत्रकार मातृदीप राईज्यूले पनि कुनै बेला हङकङमा फिलिम बनाएको जानकारी गराउनु भएको थियो । यो थाहा पाएर मलाई चैं निक्कै खुशी लाग्यो । मादीराज्यूले यसमा थप्नु भयो-
"एक मुक्का खाएर ढलेको तक्लु खलनायक उठ्दा झ्यापै कपाल पलाएर उठ्छन् । पछि एडिटिङको बेला पो थाहा पाइयो ।"
हिजो १२ नेपाली एक चिहानका निर्देशक अरुण प्रधानज्यूले पनि आफ्नो एक पात्रको दारी चाँडोचाँडो पलाएको स्वीकार गर्नु भएको थियो । शोलेमा ठाकुरको हात देखिए जस्तो ।
केहीबेरको हाँसो पछि प्रमुख समिक्षक जेबी पुन मगरज्यूले नेपाली चलचित्र र दीपेन्द्र लामाज्यू बारे संक्षिप्त विषय प्रवेश गराउनु भएको थियो । अहिलेका प्रखर चलचित्र समिक्षक दीलाको साँच्चिकैको समिक्षाले धेरै फिलिम मेकरहरू असन्तुष्ट हुने भएता पनि समग्र चलचित्र क्षेत्रलाई भने फाइदा पुग्ने बताउनु भएको थियो ।
१२ नेपाली एक चिहानका निर्देशक अरुण प्रधानले आफूले हङकङमा हुने नेपाली गतिविधिहरूको वृत्तचित्र बनाउँदै गरेको जानकारी गराउनु भएको थियो ।
चेसुङ चलचित्रका निर्देशक मौसम इम्बुङले आफू आदिवासी चलचित्रको अभियन्ता बन्न खोजिरहेको जानकारी गराउँदै आदिवासीहरूको मौलिक संस्कृतिको अध्ययन अनुसन्धान गर्न सिक्किमसम्म पुगेको जानकारी गराउनु भएको थियो ।
अर्का चलचित्रकर्मी सुमन वनेमज्यूले निर्देशनमा डिप्लोमा बम्बईबाट गरेको भएता पनि अझै आफू विद्यार्थी नै भएको जानकारी गराउनु भएको थियो ।
यो परिचयको राउन्ड सकिए पछि दीपेन्द्र लामाज्यूले पहिलो चलचित्र आमा २०२२ बनेको भएता पनि शाही नेपाली चलचित्र संस्थान २०२८ सालमा मात्रै स्थापना भएको बताउनु भएको थियो ।
अन्तर्वार्ता दिएर नायक छानिने उबेला जीवनरेखाका लागि अन्तर्वार्ता दिने भुवन केसी, शिव श्रेष्ठ र अर्जुनजंग शाही मध्ये शिव श्रेष्ठ उतिर्ण भएर नायक छानिएका थिए ।
सिल्भर जुबली मनाउने पहिलो चलचित्र कुसुमे रुमाल र पहिलो आदिवासी चलचित्र नेपाल भाषा (नेवारी २०४४) शिलु भन्ने कुरो पनि थाहा पाइयो ।
क्याराभान (एरिक भ्याली) ओस्कर बेस्ट फाइबमा पुगेको र विदेशी वितरक - नुमाफूङ (नवीन सुब्बा) यो नि थाहा पाइयो ।
२०६४ सालमा डिजिटल फिल्म सुरु भएको तथा लुट सोसेल नेट वर्किङले हिट भएको चलचित्र भन्ने कुरो नि थाहा भो ।
दीपेन्द्र लामाज्यूले नेपाली चलचित्रलाई अक्टोपससित तुलना गर्दै भन्नू भयो-
-अक्टोपससितका आठवटा हात हुन्छन् र नेपाली चलचित्रमा पनि चारवटा फाइट चार वटा गीत दुवै जोड्दा आठवटा हुन्छन्
- अक्टोपसलाई ठूलो माछाले खान्छ तेस्तै नेपाली चलचित्रलाई पनि हिन्दी चलचित्र रूपी ठूलो माछाले खान्छ
- नेपाली चलचित्रले पनि अक्टोपसले जस्तै नक्कल गर्ने गर्छ
आदि !
फरक चैं यस्तो छ अरे ।
- अक्टोपसको तीनवटा मुटु तर नेपाली फिलिमको यौटै मुटु छैन
- अक्टोपसको ३ वटा चाल, नेपालीको चलचित्रको यौटै चाल, घस्रीने चाल मात्र
- बहुरङ्गी अक्टोपस, एक रङ्गी नेपाली
चलचित्र
आदि !
मेरो टाइम सकियो, ड्युटी लागियो ।
विमर्श चल्दै थियो । धन्यवाद ।

No comments:

Post a Comment