बौद्दिक चेतनाको स्तर अभिबृद्दी बिना सभ्य र सुन्दर समाजको परिकल्पना गर्न सकिन्न।हङ्कङमा एकताको नाममा विभिन्न बहानाबाजीमा आफ्ना निहित अभिष्ट पूरा गर्नका निम्ति बर्षे च्याउ सरि संघ संस्थाहरु उमारेर आफ्नो स्वार्थको लागि खेति गर्दै मङ्की हिल र ताईमोसानका डाडाहरुमा रहल पहल बचेको समय, उमेर र चेतलाई बिबिक्युको चुलाको चितामाथी डढाउन थाले पछि त्यसलाई उद्वार गर्न यहाका केही बिबेकशिल ब्यक्तिहरुले बौद्दिक अभ्यासको शुरुवात गरेका छन Critic Society यानेकी समिक्षक समाजको माध्यमबाट।
विशेषत: साहित्य ,संगीत, दर्शन, कृति, ब्याक्तित्व आदि बिषय प्रस्तुतीका साथै तत उपर व्यापक बहस/बिमर्ष गरि त्यस मन्थनबाट प्राप्त ज्ञान बिबेकलाई रचनात्मक बनाउने उद्देश्यले प्रारम्भ गरिएको यो समिक्षक समाजले गत आइतबार दोश्रो अध्याय "पुस्तक विमर्श" बृहत सफलताका साथ सम्पन्न गर्यो।
जोर्डन स्थित लिटलवड किन्डरकार्टेनको कार्यकक्षमा समाजको संयोजक लेखक तथा समाजसेवी हेम लावतीद्वारा उपस्थित सबैलाई स्वागत गर्दै थालिएको उक्त कार्यक्रममा विभिन्न कृतिहरुको प्रस्तुती गर्ने क्रममा पहिलो नम्बरमा हङकङका उदयिमान अङ्ग्रेजी साहित्यकार लेखिका कबिता राईले अमेरिकी लेखिका Meggin Patricia Cabot द्वारा लिखित The Princess Diaries नामक Harper Collins प्रकाशन गृहले सन 2000 मा प्रकाशित 447 पेजको युवा वयस्क कथामा आधारित उपन्यासको परिचय गराईन।
कथामा न्युयोर्क छेउको शहरमा आफ्नो पार्पाचुके गरेकी एक्ली आमा सङ्ग बस्दै आएकी "Mia Thormopolis" मनको कुरा नभन्ने स्वाभावको हुनाले तिनका आमाले मनका लागेका कुराहरु डायरीका रुपमा लेख्न अह्राएकी थिईन। Mia 5'9" अग्लि, चौडा छाती, विकर्षक केश राशी, फिजिएको खुट्टा 14 बर्षिय यिनि 9 कक्षामा अध्यायनरत सामान्य दर्जाको बिद्यार्थी जस्को जिवनमा खास त्यस्तो सपना थिएन,तर तिनको जिवनमा सबै भन्दा ठूलो सपना चाहि आफू भन्दा एक ब्याच सिनियर Josh Ritcher लाई आफ्नो ब्वाईफ्रेन्ड बनाउने अनि भविष्यमा पैसा कमाएर ह्वेलमाछा बचाउका निम्ति Greenpeace संस्थालाई पैसा दान दिने थियो।
एक दिन तिनका क्यान्सर लागेका पिता द्वारा तिनी युरोपको Genovia नामक सानो देशको उत्तराधिकारी(राजकुमारी)भएकी थाहा पाउछिन।र बाबुको सेखा पछि तिनी नै हर्ताकर्ता हुने थाहा पाए पनि तिनी राजकुमारी बन्न चाहिने मापदण्ड नभएकोले राजकुमारी बन्न आनाकानी गर्छिन।तिनकी बजुले राजकुमारीले गर्नु पर्ने काम सिक्न शिक्षक ब्याबस्था गरिदिन्छ्न तर पनि ईच्छा बिपरित भएकोले तिनले विभिन्न बहानामा ईन्कार गर्छिन। आफ्नो आत्मालाई पैसामा बेच्न नचाहने तिनको ठहर थियो।तर तिनका पिताले दिनको $100 दान ग्रीनपिस लाई दिने भए पछि भने तिनी सिक्न राजी हुन्छिन।
Mia राजकुमारी बन्ने हल्ला फिजिए पछी तिनी एकाएक चर्चामा चुलिईन।तिनले मन पराउने केटो Josh Ritcher (जो अर्कै केटी सङ्ग सल्किसकेको हुन्छ) ले Mia लाई सार्बजानिक स्थलमा म्वाई खाएर सस्तो लोकपृयता हासिल गर्न चाहन्छन।स्वाभिमानी र अरुलाई केही भनि नबिझाउने Mia लाई Josh यो बदनियतले यति मर्माहित हुन्छिन कि तिनले त्यो ताज त्याग्न चाहिन।तर पनि जिवनको उतारचढावलाई स्विकार्नुको बिकल्प थिएन।ताज पहिरिनुको बिकल्प थिएन।तिनलाई यति चाहिँ सन्तोष थियो को कम्तिमा राजकुमारी बने पछि Save the Whales को योजनामा सहयोग पुर्याउन सक्नेछिन।
14 बर्षको उमेरमै बौद्दिक चेतले भरिएको Mia पात्रको भुमिका प्रेरणादायी छ।विभिन्न पात्रहरुको भोलिभाली मासुम मजाकिय सम्बादहरु ले यसरी बाध्छ्की किताब पूरा नछिचोली आँखा हटाउनै नसकिने कबिता राईको दाबी छ।447 पेजको कथालाई दुई पेजमा छोट्याउन सक्ने कबिताको खुबिलाई मान्नै पर्छ।शुरुमा प्रस्तुत हुदा अलि नर्भस भए समग्रमा कुशल प्रस्तोता हुने राम्रो छनक दिलाईन।Mia को ह्वेल संरक्षण को सोचले कबिता स्वयम् टिनिएज छदा भविष्यमा पैसा कमाएर बरालिएको(भुस्याहा) कुकुरहरुको संरक्षण तथा ब्याबस्थापन गर्ने सपना पुन: ब्युतिएको बताईन।आशा गरौ वहाको सपना पूरा होस।
दोश्रो प्रस्तुती हाङ्युग अज्ञात उर्फ सुब्बासापले समुच्च बिचारकि जन्मदात्री कबयित्री दिपा राईको कबिता सङ्ग्रह"अर्धबृत्त"को बारेमा चर्चा गरे।हङ्कङमा महिला पुरुष भन्दा महिलाहरु अधिकार सम्पन्न भएकोले फेमिनिस्ट दिपाको आवाज नेपालमा निकै फिट हुने बहस भयो।"म नाङ्गी द्रौपदी" कबिताको चर्चा गर्दै कबि हाङ्युगले कुनै पनि घटना बिनाकारण आफै घट्दैन भन्दै यदि ईन्द्रप्रस्थको भ्रमपुर्ण तिलस्मी दरवारमा पस्दा खुट्टा भासिएर डुब्दै गरेको दुर्योधनलाई बाल्कोनीमा बसेर द्रौपदिले "अन्धाको छोरो अन्धै हुन्छ" भनी खिल्ली नउडाएको भए सायद दुर्योधनले दुशासनलाई द्रौपदीको सारी पेटिको तान्न आदेश दिदैन थिएकी भनेर शंका ब्याक्त गर्दै कुनै पनि बिषयलाई वल्टाई पल्टाई हेरिदा राम्रो हुने बिचार ब्याक्त गरे।तथापी समुच्छ बिचारको प्रशम्सा गर्न कवि चुकेनन।
तेश्रो प्रस्तुती वरिष्ठ संगीतकार दिनेश सुब्बा प्रमुख आकार्षण थियो।वहाँले महान संगीतकार अम्बर गुरुङको "कहा गए ती दिनहरु" को ईतिबृतान्त लिएर उपस्थीत हुनु भएको थियो।वहाको प्रस्तुती ज्यान सहित हाजिर भएकाहरुलाई यती मन्त्रमुग्ध बनाएकी रातको 11 बजेको कसैलाई पत्तो भएन।"सन्सारमा हरेक चिज अपुर्ण छ।त्यसैमा यो रमाईलो छ।कहिले काहीँ त्यही नराम्रो चिज सुन्दर भैदिन्छ, राम्रो लाग्दछ" भन्ने दिनेश सुब्बा ज्युको भनाई ओजपुर्ण थियो।अम्बर गुरुङको जीवनलाई कायापलट बनाउने "नौ लाख तारा उदाए", "यात्रा त्यही बाटो त्यही"आदि गीतहरु पनि प्रस्तुत गर्नु भएको थियो।गिटार मा साथ गायक तथा कवि निरज राईले साथ दिनु भएको थियो।
विशेषत विभिन्न पार्टी तथा भोज भतेरमा ससाना बच्चाहरुलाई साथैमा लगि भिड्मा हिन्दी गीतको तालमा बियर, वाईन र रक्सीले रम रम भए पछि बच्चा प्यारेन्ट्स बेतालमा उफ्रिएको देख्ने बानी परेको यो आखाको आखीभौ नराम्ररी च्यातियो।कम्प्युटर ईन्जिनियरका 5 बर्षिय छोरी "रचि" The Princess Diaries को प्रस्तुती यति ध्यानपुर्बक सुनिरहिनकि मैले प्रस्तुत कर्तालाई हैन ती सानी बच्चीलाई हेर्न बाध्य भए।हामीले यस्ता बौद्दिक जमघटमा बच्चाहरुलाई उपस्थित गराउने बानी बसाले हितकर हुनेमा 2 मत नहोला। प्रती ब्यक्ति $50 प्रबेष शुल्क तोकिएको उक्त कार्यक्रममा रेखा कबिताका प्रबर्तक कवि गीतकार टंक सम्बाहाम्फे, बिसङ्गतीबादका जन्मदाता डिबि पालुङ्गा, बौद्दिक क्षेत्रमा श्याम ईङ्नाम, उदयिमान प्रखर शसक्त कबयित्री मनु कङ्दङ्वा, गायिकाद्वय कला चेम्जिङ, शारदा गुरुङ लगायत विभिन्न क्षेत्रमा आफ्ना परिचय बनाएका महानुभावहरुको बाक्लो उपस्थिती थियो।
"अध्यायनले मानिसलाई पुर्णता प्रदान गर्दछ"। समिक्षक समाजको यो प्रयत्न प्रसम्शा योग्य छ।तसर्थ यसका परिकल्पनाकारहरु वरिष्ठ पत्रकार जेबि पुन, वरिष्ठ कवि हाङ्युग अज्ञात, कुशल समिक्षक लेखक रबिन राई, फोटो कवि नेत्र जुनकिरी, साहित्यकार समाजसेवी हेम लावती बधाईका पात्रहरु हुनुहुन्छ।यस अभियानले श्रष्टा र पाठकहरु बिच दरिलो सम्बन्ध स्थापित गराउदछ नै यसले हामीलाई अध्यायनशिल बनाउदछ, अनि अध्यायन पश्चात् प्राप्त ज्ञानको ज्योतीपुन्जले जीवन र जगतलाई जजल्यामान बनाउदछ।अहिलेलाई यति नै।
No comments:
Post a Comment