Saturday, October 18, 2014
समिक्षा - निरज राई
कुनै पनि रचना लाई केस्रा केस्रा केलाएर
त्यसमा भएका आयाम हरु प्रस्ट पार्ने अनि आफ्नो दृस्टिकोन राख्न्रे बिध्या। हाङ्युग ले भने जस्तै रचना को वास्तविक ब्याख्याकार समिक्षक हुन्छ। लेखक त एटोम बम बनाउने मात्रै हो त्यस्लाइ त्यसभित्र भएको अनुग्रह बुझेर कहाँ र कहिले खसाउने काम समिक्षक को हुन्छ।
अस्ती नेपाल बाहिर का साहित्य अनुरागी मध्ये प्रथम पटक हाम्रो होङ्कोङ मा यस्तो ऐतिहासिक छल्फल सम्पन्न भो। हेम लावती को सन्योजकत्व मा झनडै दुई दर्जन साहित्यकार अनि पत्रकार भेला भएर विभिन्न पुस्तक हरु को समिक्षा गर्ने कार्यक्रम सम्पन्न भो।साहित्यिक रचनाहरु को वहावाही मा अल्झिरहेको यश अघि को साहित्यिक भेला भन्दा भिन्न कुनै पनि रचना को सतही बिस्लेसन भन्दा आवस्यक अध्ययन अनि अनुसन्धान गरेर त्यस्को केस्रा केस्रा केलाएर त्यहा भाको कमि कम्जोरी लाई पहिल्याएर त्यस्को बिस्लेसन गर्ने।अनि त्यसमा निहित गुदि को सरल रुप मा पाठक हरुमाझ व्याख्या गर्ने अवधराना यश सम्मेलन को प्रमुख उपलब्धी रहयो।र यश को श्रेय बरिस्ठ पत्रकार जे बि पुन अनि बरिस्ठ समिक्छक रबिन राई साथै गजल्कार बज्र राई लाई जान्छ।बर्तमान साहित्यिक परिबेश मा पैसा तिरेर आफ्नो रचना को बडिबडाउ गराएर समिक्छा लेखाउने परिपाटी भन्दा भिन्न एउटा यस्तो इमान्दार प्रयास को थालनी वास्तब्मै सराहनिय छ।र यस्को सुरुवात होङ्कोङ बाट हुनु एउटा सुखद संकेत हो।
समय सन्योजन गर्नु वास्तब मा होन्कोङ को ब्यस्तता मा कठिन नै भए पनि आगन्तुक हरु को भिड लाई थेग्न नसकेर आयोजक ले कोटा निर्धारन गर्ने अवस्था आउनु ले पनि राम्रा अनि बौद्धिक छलफल हुने कार्यक्रम मा सहभागी को कमि नहुने यश समिक्षा कार्यक्रम ले पुस्टि गरेको छ। र आगमी दिन हरु मा सहभागी कोटा बढाउनु पर्ने तिर आयोजक को ध्यान अवस्य जाने मा बिस्वस्त हुन सकिन्छ।
निर्धारित समय मा नै कार्यक्रम शुरुभए पनि सहभागी हरु मध्ये कोहि ढिला आए पनि कार्यक्रम को निरन्तर्ता मा असर गरेन।र बिच मा भएको ब्रेकले सबैलाइ समेट्न सहयोग गर्यो।तर अर्को कार्यक्रम मा नेपाली टाइम को सोच त्यागेर सबैको समयमा उपस्तिथी को लागि रुलिङ गर्नु पर्ने अवस्था आउने छैन भन्ने आश गरौ।
टि बि याख्खा जि को आधी रोकिएपछी कबिता सङ्रहको समिक्षा बज्र जि गर्नु अघि नै तयारिमा समायवधिको अभाब दर्साउनु भएको थियो जस्को पुष्टि उहाले समिक्षा सुनाउने क्रम मा भयो। नकरात्मक
पक्छ को चर्चा समिक्षा मा थिएन । र अर्को कार्यक्रम मा वहाँले पर्याप्त समय लिएर यो कम्जोरी हटाउनु हुने नै छ भन्ने आशा राखौ।
रबिन राई ले मोरि सङको मङ्लबार नामक अङ्रेजी पुस्तक माथी गर्नु भाको समिक्षा रोचक रहयो। यस्मा म आफैलाइ पनि पात्र को रुप मा पाउन सके।
उहाले चर्चा गर्नु भाको प्रसङ मा मैले म होङ्कोङ आउनु अघि र होङ्कोङ आएपछी को दुई रुप मा आफुलाइ पाए। होङकोङ को भौतिक उपलभ्धी को लागि मेरो जीवन का धेरै सुन्दर पक्छ पछाडि छुटेछ।म होङ्कोङ आउनु अघि जे थिये होङकोङ मा हुने भौतिक उपलब्धी पश्चात् मेरो जीवन त्यही नै गएर टुङिने यथार्थ बोध भो मलाइ।
जे बि पुन जि ले गर्नु भाको हान्युग अग्यातको कबिता सङ्रह करङ को हिरासत को समिक्षा ले रचनामा हुने शब्द शब्द को गुढ अर्थ नकेलाइ त्यस्को मुल तत्व बुझिदैन। र यस्ले माग गर्ने समय अध्ध्यन अनि अनुसन्धान को सङम्ले मात्र समिक्षा को मुल धर्म पूरा हुन्छ अनि रचना प्रती सहि न्याय हुन्छ भन्ने म जस्ता नयाँ को लागि मनन योग्य बस्तु रहयो।र उहले केलाउनु भाको शब्द शब्द को गहिराइ अनि त्यस्मा उहाले राख्नु भाको बिमती को हाङ्युग जि ले लेखक ले समिक्छक लाई खेल्ने ठाउँ दिने क्रम मा नियतवश नै त्यस्ता कतिपय कमलो स्थान को राखेका हुन्छन जहाँ समिक्छक्ले प्रहार गर्न सकोस। रचना आफै मा पुर्न भयो भने यसको पठकिय रुचि नै समाप्त हुन्छ भन्ने एक्मुस्ट जवाफ दिनु भो।
यसरी समय को सिमितता को बावजुद समिक्छक समाज को पुस्तक समिक्छा आफै मा ऐतिहासिक अनि मनन योग्य रहयो।खास गरि हामी जस्ता नयाँ को लागि एक्दम ग्यान वर्दक।यस्को लागि आयोजक अनि सहभागी सबै लाई बधाइ अनि शुभकामना।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment