समिक्षक समाज ( Critics' Society ) को आजको विशेष इपिसोडमा नेपालबाट इन्फा अवार्ड (2014) मा मिडिया नागरिक दैनिकबाट सहभागी चलचित्र समिक्षक दीपेन्द्र लामाज्यूले "नेपाली चलचित्रको फेरिँदो मुहार" विषयमा रोचक चर्चा गर्नु भएको थियो । नेपाल चलचित्र समिक्षक समाजका महासचिव श्री दीलाज्यू विगत १५ वर्षदेखि पेशाले पत्रकार हुनुहुन्छ ।
संयोजक हेम लावतीज्यूले उपस्थितहरू माझ दीलाज्यूको परिचय गराउँदै कार्यक्रमको ५० डलर शुल्क गएको इपिसोडको जस्तो नतोकिएको तर मनैदेखि जति दिन मन लाग्छ तेति सहयोग गरेर नेपालबाट आएर चलचित्र सम्बन्धि महत्त्वपूर्ण जानकारी, सूचना या ज्ञान दिन तयार उहाँलाई खादाको भन्दा पनि "याङ"को जरुरत छ भन्ने किसिमको विचार व्यक्त गर्नु भएको थियो । तेस्तै उहाँले दीलाज्यूलाई हङकङसम्म ल्याएर 'समिक्षक समाज'को कार्यक्रममा यो साक्षात्कारको अवसर जुराइदिने 'नेपाल क्लब'लाई धन्यवाद दिदैं कार्यक्रम अवधिभर टिकट, सिडी, किताब बिक्रीवितरण नगरिदिन हुन हार्दिक अनुरोध गर्नु भएको थियो ।