हिजो अर्थात २१ डिसम्बर २०१४ मेरो लागि सुखद र खुशीको दिन रह्यो। मेरो जीवनले धेरै ख़ुशी पाएको छ भने त्यो साहित्यिक गतिविधिले पाएको छ। यो पक्षमा केही आलोचना र आरोप पाएको भए पनि धेरैबाट बढ़ी प्रशंसा, हौसला र शुभेच्छा नै पाएको छु। प्रिय मित्र किन्दर राईबाट प्रकाशित भैसकेको मेरो कथा संग्रहको अनपेक्षित रुपमा बड़ो गहण र सुक्ष्मपाराले चिरफार गरिएकोले म हिजो एक पटक फेरि खुशीले पुल्कित भएँ। म नेपाल जानुअगाडि नै मेरो कथाको समीक्षा गर्ने भनेर क्रिटिक सोसाइटीबाट सूचित गरिएको थियो। अक्टुबरको त्यो कार्यक्रमको सट्टा हिजो हुने भन्ने खबर बहुप्रतिभाशाली ज्वाइँ रबिन राईले जानकारी गराउनु भएको थियो। मैले यो कार्यक्रमलाई त्यति महत्वसाथ हेरेको थिइनँ। सामान्य तरिकाको प्रस्तुति हुँदो हो भनी मैले सोचेको थिएँ। तर किन्दरजीको त्यो प्रस्तुति निकै सराहनीय र रोचक मलाई मात्र होइन त्यहाँ उपस्थित प्राय:लाई भएको मैले महशुस गरें। उहाँले मैले सोचेभन्दा फरक साह्रै सूक्ष्मरूपमा बड़ो गजबले कथा संग्रहको चिरफार गरिदिनुभएको रहेछ। विज्ञान विषय पढ्नेले साहित्यिक कृतिको यति मज्जाले चिरफार गर्नु भनेको गजबकै कुरो हो। इच्छा शक्ति र रुचि भएपछि मान्छेले फरक विषयमा पनि उत्तिकै कौशलता र प्रतिभा देखाउन सक्दो रहेछ भन्ने कुरो किन्दर राई र रबिन राईले देखाउनु भएको छ।
समालोचकहरूको मत के छ भने `शिरीषको फूल` उपन्यासको भूमिका यदि शंकर लामिछानेले नलेखिदिएको भए त्यो त्यति चर्चामा आउंदैनथ्यो जति साहित्यिक क्षेत्रमा आइरहेको छ। हिजोको कार्यक्रमले मलाई पनि त्यस्तै लाग्यो। हुन त धनप्रसाद सुबेदी र हांङयुग अज्ञातले पनि धेरै प्रशंसा गर्दै लेख्नु भएको छ। म त्यसमा पनि ख़ुशी नै भएको हूँ। मेरो कृतिको निम्ति उहाँहरूले धेरै परिश्रम गर्नु भएको छ जसको निम्ति म सँधै ऋणी हुनेछु र आभारी छु। तर किन्दर राईले त स्पष्ट र सहजरूपमा मेरो प्रशंसा र आलोचना तथा कथाको आशय, भाव र विचारलाई प्रस्ट्याउनु खोज्नु भएको छ। एक पटक त मलाई यस्तो भान भयो कि ती कथाहरू मैले होइन किन्दर राईले लेखेका हुन् जसलाई म पढिरहेको छु। उहाँले प्रत्येक कथाको वर्णन र सार भन्दै जाँदा, मेरा सक्षम पक्ष र गल्तीहरू औंल्याउदै जाँदा र कथाका पात्रहरू, घटना, स्थान बताउँदै जाँदा मेरो स्मृतिपटल एक पटक चलायमान भयो। र मलाई, मेरा गल्तीहरू औल्याउदाचाहिं निकै विस्मात पनि भयो। त्यसले मलाई आउदा दिनमा सहयोग मिल्ने छ भन्ने लाग्यो।
मलाई यसमा मात्र ख़ुशी लागेको होइन। मलाई एउटा गाउँको मात्र होइन ओल्लो टोल पल्लो टोलको दाजुबहिनी साहित्यिक गतिविधिमा लागेकोले पनि बेहद ख़ुशी लाग्यो। मैले रेनु(का) राईको धेरै वर्षअगाडि आफ्नो विवाहको लागि गाउँ जाँदाको यात्रा-संस्मरण पढ्न पाएको थिएँ। त्यसपछि सिर्जना डटकममा केही आलेखहरू पढेको थिएँ। हिजो त साठी हजारभन्दा बढ़ी बालबालिकालाई च्याम्बरमा हाली एक पटकमा सबैको खरानी बनाउने तानाशाही क्रुर शासक हिटलरबाट पीड़ित एउटी पन्ध्र वर्षे बालिकाको डाइरीको समीक्षा रेनुले मिहिन र सरल तरिकामा पढेर सुनाइन्। अंग्रेजी भाषामा लेखिने उनका सबै लेखहरू छोटा वाक्यगठन, बोद्य शब्दचयनले गर्दा शिरदेखि पुच्छारसम्म पढेपछि मलाई सार र भाव बुझेझैं लाग्छ। बत्तीको मुनि अँध्यारो भनेझैं सदरमुकामको जुठेल्नोमै हाम्रो गाउँ भएर पनि हामी दुई जना जति उच्च शिक्षा हासिल गर्ने मानिस अझ पनि औंलामा गन्न सकिन्छ। त्यसमा पनि साहित्यिक गतिविधिमा लाग्नेको संख्या त के होला र! त्यै भएर पनि मेरो खुशीले सीमा नाघेको हो।
क्रिटिक सोसाइटीलाई धेरै राम्रो गरेको छ भन्दा अतियुक्ति नहोला। यसरी फालिएका, थान्किएका, पछाडि र अँध्यारोमा परेका कृति, व्यक्तिलाई सबैको सामु ल्याउनु, सबैलाई थाहा दिनु, चेतनशील बनाउनु आफैंमा राम्रो काम हो। जमात सानो भए पनि घगडान वौदिक समूह भएको मैले महशुस गरेको छु। राजनीतिक, साहित्यिक, सांगीतिक, सामाजिक सबै क्षेत्रमा दखल गर्नेहरूको जमात देखेर म निकै उत्साहित भएको छु। यो समूहको जोस, जाँगर, उत्साह यस्तै सँधै रहिरहोस् र यस्तै उर्जाशील, सिर्जशील काम गरिरहोस् भन्न चाहन्छु।

No comments:
Post a Comment